पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ घट्याे

धरान : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर छ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा घटेर आएको हो ।

घटेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।