लागुऔषध दुर्व्यसनी रोकथाम तथा न्युनीकरण सम्बन्धी  सचेतनामुलक कार्यक्रम सम्पन्न

धरान :  इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरद्वारा "लागुऔषध दुर्व्यसनी तथा अन्य अपराध रोकथाम तथा न्युनीकरण" सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। 

जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं. - ३, बरपिपल भान्जीडाँडा टोल बिकास संस्थाको सहकार्यमा स्थानीय जनप्रतिनिधि, बुद्धिजिवी, समाजसेवी,  बिभिन्न संस्थाका पदाधिकारी ज्यूहरु तथा आमा समुह लगायत मानिसहरुको उपस्थितीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत "लागूऔषध दुर्व्यसनी, सवारी दुरघटना, आत्महत्या न्युनीकरण, साइबर अपराध रोकथाम तथा न्युनीकरण"  सम्बन्धी  अन्तरकृयात्मक तथा सचेतनामुलक कार्यक्रम संचालन गरी सम्पन्न गरिएको हो।