न्यु भिजन ओपन क्र्युले अन्तर ट्रुप हाजिरिजवाफ प्रतियोगिता, सैनिक स्काउट ट्रुप प्रथम

धरान : स्काउटीङको माध्यमबाट विद्यार्थीको शारिरिक,मानसिक एवम् संवेगात्मक बिकासमा कार्य गर्दै आएको न्यु भिजन ओपन क्र्युले अन्तर ट्रुप हाजिरिजवाफ प्रतियोगिता आयोजना गरेको छ ।

शुक्रवार धरान स्थित स्काउट कार्यलयको भवनमा आयोजित एक औपचारिक कार्यक्रमका बिच क्र्युले प्रतियोगिता सम्पन्न गरेको हो । 

सुनसरी र मोरङका विभीन्न १७ वटा विद्यालयको उपस्थितीमा संस्थाले आफ्नो पुर्वनिर्धारीत कार्यतालीका अनुसार कार्यक्रम आयोजना गरेको थियो ।

क्र्युका कार्यवाहाक अध्यक्ष बब्लु कुमार शाहहको अध्यक्षता तथा धरान उपमहानगरपालिकाका नगर उपप्रमुख अईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमलाइ क्वीच मास्टर सञ्जय चौधरीले सहजिकरण गरेका थिए ।

d3550871-70ad-42a6-9f0e-052cf198dbc7

ट्रुपबाट ३ सहभागि विद्यार्थी सहित विद्यालय प्रतिनिधीको उपस्थितिमा भएको कार्यक्रममा सैनिक स्काउट ट्रुप प्रथम, च्याम्पीयन स्काउट ट्रुप द्वितीय र साजिलाल स्काउट ट्रुपले तृतीय स्थान हासील गरेको थियो ।

विजेताहरुलाइ कार्यक्रमका सभापती शाह र विशीष्ट अतिथी नेपाल स्काउट पुर्व राष्ट्रिय सचिव वासुदेव भण्डारीले प्रमाणपत्र साथै ट्रफी प्रदान गरेका थिए ।

विद्यार्थीको वैद्धीक बिकासलाइ केन्द्रमा राखेर स्काउट, विज्ञान तथा प्रविधि, सामान्य ज्ञान, समसामयिक तथा अन्य प्राविधीक प्रश्हरुलाइ विभीन्न विधामा समेटेर तयार गरिएको थियो । 

d0c06e80-7dbe-4738-9fe4-ee6d57e611a3

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बेघाले "यस प्रकारका कार्यक्रमले विद्यार्थीको मनोबल वृद्धी हुनुका साथै भविषमा एक जेहेनदार नागरिक तयार पार्न टेवा पुग्ने" बताए । 

त्यस्तै गरि कार्यक्रममा क्र्युका कार्यवहाक अध्यक्ष बब्लु कुमार शाहले न्यु भिजन ओपन क्रयुले स्थापनाकाल देखिनै झेल्दै आएका अनेक बाधा अवरोधले संस्थालाइ थप परिपक्वता तर्फ डोहोर्याएको आशय व्यक्त गरेका थिए । 

उहाँले पछिल्ला केही समययता काृटीङमा भइरहेका स्काउटीङ सिद्धान्त बिपरीतका गतिविधीलाइ चिरेर सफल स्काउट संयन्त्र निर्माण गर्न न्यु भिजन ओपन क्र्यु सधै तत्पर रहेको प्रष्ट पारे । 

0836ef22-6638-46c7-9a32-3749167fb8ee

त्यस्तै यही बुद्ध जयन्तीमा संस्थाले चौथों वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गर्ने भएको हुँदा सोही अवसरमा ग्रान्ड हाईक गर्ने समेत उनले घोषणा गरे ।

न्यु भिजन ओपन क्रियुले विभीन्न समयमा स्काउटीङका गतिविधीहरु सक्रियताका साथ आयोजना गर्दै आइरहेको छ । पछिल्ला केही कार्यक्रमहरु संस्थाले पुर्वनिर्धारित कार्ययोजना अनुरुप नै आयोजना गर्दै आएको छ ।

6a9ba6e7-8058-4688-840f-89fd4ea7328b