वडा अध्यक्ष तर्फबाट खाद्यान्न सामाग्री, लत्ताकपडा र नगत सहयोग

धरान : धरान उपमहानगरपालिका वडा न. १४ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले आगलागी पीडितलाई खाद्यान्न सामाग्री, लत्ताकपडा र नगत सहयोग गरेका छन ।

धरान उपमहानगरपालिका १४ नं. वडाको यायोख्खा टोल, झोलुङ्गे पुल नजिक स्थानीय दिनेश राईको बिहान करिब ११ बजे बिद्युत सर्ट भएर आचानक आगलागी हुन गई सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट भएको हुँदा आपतकालिन राहत स्वरुप वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईको तर्फबाट खाद्यान्न सामाग्री, लत्ताकपडा र नगत सहयोग गरेका थिए ।

त्यस्तै गरि नेपाल रेडक्रस सोसाइटी, धरान शाखाबाट अत्यावश्यक भाँडाकुँडा, लत्ताकपडाहरु, त्रिपाल लगायतका आत्यावश्यक सामाग्रीहरु उपलब्ध भएको थियो ।

उक्त घटनामा उद्घार कार्यमा अस्थायी प्रहरी चौकीले सहयोग गरेका थिए ।