सुनको मूल्यले अर्को रेकर्ड ब्रेक

धरान : सुन र चाँदीको मूल्यले एक पछि अर्को रेकर्ड बनाउँदै बढेको छ । सोमबार सुन तोलामा ९०० रुपैयाँले बढेको छ ।

अमेरिकी रिजर्भ बैंक (फेड) ले लिएको नीतिगत कारणले गर्दा सुनकाे मुल्यमा चाप परेको बताइएको छ । सुनको मूल्यले आईतबारको रेकर्डलाई ब्रेक गर्दै आज नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ताेलाकै एक लाख ४१ हजार ८०० रुपैयाँ पुगेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।