लागुऔषध दुर्व्यसन, बाल मनोबिज्ञान, बाल बिवाह र फ्यान बुलेटिन सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम

धराने मिडिया : इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीको आयोजनामा लागुऔषध दुर्व्यसन, बाल मनोबिज्ञान, बाल बिवाह र फ्यान बुलेटिन सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रममा सप्पन्न भएको छ ।

 मिति २०८१ साल जेष्ठ  ०६ र ०७ गते समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बराहक्षेत्र नगरपालिकाको आयोजनामा इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी सुनसरी र जिल्ला फ्यान कार्य सम्पादन समितिको सह-कार्यमा सो कार्यक्रम भएको हो ।

IMG-20240521-WA0007

बराहक्षेत्र नगरपालिका वडा नम्बर ०६ पारालिगल भवनमा उक्त कार्यक्रम भएको थियो । 

बराहक्षेत्र नगरपालिकामा रहेका १२ वटा बिद्यालयका फ्यान क्लबमा आबद्ध बिद्यार्थि छात्र छात्राहरुलाई लागुऔषध दुर्व्यसन, बाल मनोबिज्ञान, बाल बिवाह र फ्यान बुलेटिन सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रममा कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक विकास राईबाट लागुऔषध दुर्व्यसन र बाल बिवाह सम्बन्धी प्रशिक्षण भई उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।

IMG-20240521-WA0006