साकेला उभौलीको अवसरमा फुटबल खेलाडी प्रिती राई सम्मानित हुने

धराने मिडिया : साकेला उभौलीको अवसरमा राष्ट्रीय महिला फुटबल खेलाडी प्रिती राई सम्मानित हुने भएको छ ।

बुधबार किरात राई यायोक्खा सुनसरीको भवनमा पत्रकार सम्मेलन गरी साकेला उभौली-२०८१(यलम्बर सम्बत-५०८४)को अवसरमा खेलाडी राईलाई सम्मान पत्र सहित १ लाख ५ हजार रुपैंयाले सम्मान गर्ने यायोक्ख्या सुनसरीको अध्यक्ष राजेन्द्र राईले बताए ।

खेलाडी राई संगै अन्य विधाको व्यक्तित्वहरु राष्ट्रीय एथलेटिक्स प्रशिक्षक पार्वति राई, महेन्द्र बहुमुखी क्याम्पस धरानको क्याम्पस प्रमुख चन्द्र कुमार राई, ईन्जिनियर पारसमणी राई र एमबिई सुवास राईलाई सम्मान गर्ने अध्यक्ष राईले जानकारी दिए ।

किरात राईहरुको महान चाँड साकेला उभौली वैशाख पूणर्िमा वा साकेला पूणर्िमाका दिनदेखि शुरु भई धरान लगायत सुनसरीको विभिन्न ठाउँमा साकेला उभौली मनाईने र आगामी जेठ २६ गते धरान १७ साकेला पार्कमा समापन कार्यक्रम गर्दै सम्मानित हुने व्यक्तित्वहरुलाई सम्मान गर्ने उनले बताए ।

यसैगरी विभिन्न ठाउँबाट आउनुभएको राईहरुको साकेला सिल्लिा चण्डी नाच मध्ये उत्कृष्ट नाच्ने समुहलाई पनि नगद पुरस्कार सहित सम्मान गर्ने आयोजकले जानकारी गराएको छ ।

प्रकृतिपुजक किरात राईहरू प्रकृति र प्राकृतिक परिवर्तनहरूलाई आधार मानी यो समयमा चरा चुरुङ्गी तथा जनावरहरू बेशीदेखि लेकतिर उभो लाग्ने साथै अन्नबालीहरू लगाउने समय भएकोले संसारमा शुख शान्ति होस, लगाएको बालीहरू सप्रियोस भन्ने कामना गर्दै बैशाखे पूणर्िमा वा साकेला पूणर्िमालाई उभौली नामले पनि मनाउने गरेको बरिष्ठ पत्रकार हर्ष सुब्बाले बताए ।

साकेला उभौली चाँड विगतका वर्षहरूमा झैँ यस वर्ष पनि भव्यताका साथ मनाउने तयारी रहेको छ जसमा जम्मा खर्च ८ लाख ९६ हजार ८४ रुपैंया रहेको किरात राई यायोक्ख्या सुनसरीको अध्यक्ष राईले बताए ।