चलचित्र 'बोक्सीको घर' तारिफयोग्य, कलेक्सन १० करोड माथि

धराने मिडिया : वैशाख १४ गतेदेखि प्रदर्शनमा आएको फिल्म 'बोक्सीको घर' चौथो सातामा प्रदर्शनरत छ ।

फिल्मको देशव्यापी कलेक्सन १० करोड रूपैयाँ नाघिसकेको वितरक प्रचण्डमान श्रेष्ठले बताए । उनले भने 'शुक्रबारसम्ममा फिल्मले १० करोड रूपैयाँ ग्रस कलेक्सन गरिसकेको छ ।' सोचेभन्दा राम्रो व्यापार गरेकाले आफूलाई खुसी लागेको पनि उनले बताए ।

सन् २०१६ मा मञ्चन गरिएको नाटक 'बोक्सीको घर' लाई नै फिल्मका रूपमा प्रस्तुत गरिएको हो ।

बोक्सीको घरमा केकी अधिकारीको अभिनय तारिफयोग्य छ । फिल्ममा केकीका अलवा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । 

शिवराम श्रेष्ठको छायाङ्कन, लोकेश बज्राचार्यले सम्पादन रहेको फिल्म टिफल्क फिल्मसले गर्दैछ ।

रंगकर्मी सुलक्षण भारतीको लेखन तथा निर्देशनमा केकी अधिकारीको होम प्रोडक्सनबाट यो फिल्म निर्माण भएको हो।