करेन्ट लागेर १ जनाको मृत्यु

धराने मिडिया : मोरङको बेलबारी नगरपालिका-९ बैराखुनी स्थितमा करेन्ट लागेर ३७ बर्षीय अनिल शेर्पाको मृत्यु भएको छ । 

बिहान साढे ९ बजे घर नजिकै रहेको कुखुरा फर्ममा फेन जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको भएको थियो ।

यस घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरी रहेको छ ।