बेवारीसे लागुऔषध गाँजा बरामद

धराने मिडिया : सुनसरीको देवानगंज गाउँपालिका-२ यादवटोल स्थितबाट बेवारीसे लागुऔषध गाँजा बरामद भएको छ । 

बेलुका ८ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा रहेको बाग्मती ८ च १२५५ नम्बरको कार बेवारिसे अवस्थामा फेला पारी चेकजाँच गर्दा उक्त कारको डिकि भित्रबाट ९७ किलोग्राम (४ बोरा) गाँजा फेला पारेको थियो । 

यस सम्बन्धमा थप अनुसन्धान गरी रहेको र कार चालकको खोजी भईरहेको छ ।