धरान स्थानिय स्काउट परिषद्को दीक्षान्त तथा पहिलो बैठक

धराने मिडिया : धरान स्थानिय स्काउट परिषद्को दीक्षान्त तथा पहिलो बैठक सम्पन्न भएको छ ।

स्काउट कार्यालय धरानमा भएको कार्यक्रम स्थानीय स्काउट कार्य समितिका प्रमुख आयुक्त अनुप योञ्जनको अध्यक्षता साथै पूर्व राष्ट्रिय सचिव वासुदेव भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।  

कार्यक्रममा राष्ट्रिय परिषद् सदस्य निर्मला अधिकारी, कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, राष्ट्रिय प्रशिक्षक ज्ञानु श्रेष्ठ, ईलाका प्रहरी नायव उपरीक्षक मान बहादुर राई, सशस्त्र प्रहरी नायब उपरीक्षक किरण प्रकाश खत्री, पब्लिक मा.वि.का प्रधानाध्यापक ईन्द्र मोहन झा लगायत धरानका स्काउटरहरुको उपस्थिति रहेको थियो । 

2545c2bb-e19e-4d14-b21c-4a46a24b3e61

कार्यक्रम सञ्चालन स्थानीय शैक्षिक पद्धति आयुक्त मधुसुदन घिमिरेले गरेका थिए । 

कार्यक्रमको स्वागत मन्तव्य सुशासन, श्रोत विकाश तथा वित्त आयुक्त सुर्य कुमार सुनुवारले गरेका थिए भने परिषद्का सदस्यहरुलाई सफलकार्यकालको शुभकामना मन्तव्य राष्ट्रिय परिषद् सदस्य निर्मला अधिकारी, प्रधानाध्यापक इन्द्र मोहन झा साथै प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले दिएका थिए । 

धरानले निर्णय गरि माग गरे प्रदेशको तालिम केन्द्र धरानको स्काउट कार्यालयमा बनाउन पहल गर्न प्रतिवद्ध रहेको प्रदेश प्रमुख भण्डारीले बताए ।

नेपाल स्काउटको स्थानीय निर्वाचन मिति २०८० माघ २२ गते सम्पन्न निर्वाचनबाट निर्वाचित ४ महिला सहित ११ जना, संरक्षकद्वारा मनोनित ४ जना र धरान उपमहानगरको शिक्षा महाशाखा प्रमुख गणेश खतिवडा सहित १६ जना परिषद् सदस्यहरुको दीक्षान्त कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले गराएका थिए ।

3354da20-7cc2-4cb4-ae39-fa7439aab735

नेपालमा ओेपचारिक स्काउट स्थापना हुनु अगावै धरानमा तालिम सञ्चालन भएको र धरानले स्काउटमा महत्वपूर्ण योगदान दिदै आएको कार्यक्रमका प्रमुख अतिथि वासुदेव भण्डारीले स्मरण गरे र धरान स्काउटको एतिहासिक स्थल रहेको र यहाँ सबैजना मिलेर अघि बढ्न पनि उहाले सुझाव दिए।

धरानमा रहेका स्काउटिङ्गका समस्याहरुलाई सबै मिलेर, सबैको सहभागितामा समाधान गरिने, सबैको अपनत्व हुने किसिमको कार्ययोजना बनाई, अघि बढ्ने र यसमा सबैको सहयोग मिल्नेमा आफु विश्वस्त रहेको कार्यक्रमका अध्यक्ष अनुप योञ्जन तामाङ्गले बताए ।

b8ae4e76-30a4-41b9-8176-54eec375411e