पौडी खेल्ने क्रममा खोलामा डुबेर २ जना बालकको मृत्यु

धराने मीडिया : इलामको माई नगरपालिका-८ माईखोलामा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ ।

दिउँसो साढे ३ बजे स्थानीय बिक्रम लिम्बुको ११ बर्षीय छोरा मिङसुहाङ लिम्बु र राजेन्द्र आङदेम्बेको ८ बर्षीय छोरा किस्मन आङदेम्बे माईखोलामा पौडी खेल्न गएकोमा अबेर सम्म घर फर्की नआएपछी खोजतलासमा खटिएको प्रहरी टोली र स्थानीयले मिङसुहाङ लिम्बुलाई पानीमा डुबि घाईते अवस्थामा र किस्मन आङदेम्वेलाई मृत अवस्थामा फेला पारेको थियो ।

घाईते लिम्बुलाई उपचारको लागि बि एण्ड सि अस्पताल झापा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।