भरुवा बन्दुक प्रहार गरी हत्या गर्ने १ जना पक्राउ

धराने मिडिया : भरुवा बन्दुक प्रहार गरी हत्या गरेको आरोपमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ नागीका ६५ बर्षीय मणी प्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ ।

 बेलुका साढे ६ बजे बाख्राले बाली खाएको बिषयमा वाद विवाद हुँदा मणी प्रसाद राईले छिमेकी ६३ बर्षीय राज कुमार राईलाई भरुवा बन्दुक प्रहार गर्दा राज कुमार राईको घटना स्थलमा नै मृत्यु भएको थियो ।

घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरी टोलीले राईलाई घटनामा प्रयोग भएको भरुवा भन्दुक सहित नियन्त्रणमा लिएको छ । 

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट अन्य थप अनुसन्धान भईरहेको छ ।