नारायणगढ-मुग्लिन सडक दुर्घटना : मृतकको संख्या २ पुग्यो

धराने मिडिया : नारायणगढ मुग्लिन सडक खण्डमा चारवटा गाडी ठोक्किएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । उक्त दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन् ।

गएराति साढे १२ बजे चितवनको भरतपुर नगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिन सडकको सत्र किलो भन्ने ठाउँमा काठमाडौंबाट प्यूठान जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायगढबाट मुग्लिन जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौंबाट महोत्तरीको बर्दिबास जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएको थियो ।

घाइते सबैलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पुर्‍याइएको प्रहरीले बताएको छ ।