प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ

धराने मिडिया : नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-३ का ४५ बर्षीय पन्चु पासवान रहेका छन । पासवानले मोरङको कटहरी गाउँपालिका-५ का राज कुमार उराउलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भनि ३ लाख ३० हजार रूपैँया नगद लिई ठगी गरेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

जेष्ठ १२ गते पक्राउ परेका पासवानको ठगी कसुरमा सम्मानित मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।