मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु

धराने मिडिया : सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

दिउँसो साढे ३ बजे चतरातर्फ जादै गरेको को. २८ प ४७५८ नम्बरको मोटरसाईकल दुर्घटना भई करमखोलाको पुल देखि अन्दाजी ८ मिटर तल्ल झरी दुर्घटना हुँदा चालक  सोहि स्थानका ३५ बर्षीय पुष्प बस्नेत र मोटरसाईकलमा पछाडी सवार निजको ७ बर्षीय छोरा अनुभव बस्नेत घाईते भएका थिए ।

घाईते उनिहरुलाई उपचारको लागि घोपा धरान पठाईएकोमा उपचारको क्रममा अनुभव बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । 

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।