नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जना पक्राउ

धराने मिडिया : मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राती साढे ११ बजे मोरङको बिराटनगर- १४ जतुवा स्थितमा प्र. १-०२-००१ख ९२७० नम्बरको खाली सिलिन्डर बोकेको मिनिट्रक जतुवा खोलाको कच्चि सडक खण्डको साईडमा रोकेर राखेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त मिनि ट्रकको पछाडी डाला भित्र कुचोले छोपी राखेको अवस्थामा १ सय ८१ के.जी.  लागुऔषध गाँजा बरामद भएको थियो ।

ट्रकबाट लागुऔषध गाँजा बरामद भएसंगै चालक चैनपुर नगरपालिका- १ संखुवासभाका २७ बर्षीय लाक्पा दोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै सुनसरीको देवानगंज गाउँपालिका- ६ स्थित अस्थाई प्रहरी चौकी राजगंज सिनुवारीबाट खटिएको प्रहरी टोलीले १० के.जी. गाँजा सहित को. २७ प ८०४१ नम्बरको मोटरसाईकल र चालक देवानगंज- ५ का ३५ बर्षीय गोपाल बहरदार र मोटरसाईकल पछाडी सवार ३६ बर्षीय राम बालक पासवानलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।