सुर्खेतमा जिप खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु

धराने मिडिया : सुर्खेतको वीरेन्द्रनगरमा आज बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको जिप सुर्खेत-दैलेख सडकखण्डमा सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पाँच जना यात्रु सवार रहेको जीप बिहीबार बिहान २ बजे दुर्घटना भएको सुर्खेत प्रहरीले जनाएको छ ।

प्राप्त जानकारी अनुसार दुई जनाको शव बिहानै निकालिएको छ भने दुई जनाको शव भीरमै रहेको र निकाल्ने प्रयास जारी रहेको छ ।