किराँती यलम्बर राजाको प्रतिमा स्थापना

धराने मिडिया : खोटेहाङ गाउँपालिका वडा नं. २ वाप्लुखामा किराँती जाती यलम्बर राजाको प्रतिमा सहित यलम्बर पार्कको स्थापना गरिएको छ ।

बिहिबार एक कार्यक्रमको आयोजना गरी खोटेहाङ गाउँपालिकाको प्रमुख उद्विम बहादुर राई (मुक्ति)ले पार्क र ९ फिट अग्लो यलम्बरको प्रतिमाको उद्घाटन गरेका थिए । उक्त पार्कको लागी स्थानीय जफतजङ खिम्दुङ राईले २ रोपनी जग्गा निःशुल्क उपलब्ध गरेका थिए ।

उद्धघाटनको क्रममा गाउँपालिकाको प्रमुख उद्विम बहादुर राई (मुक्ति)ले किराँतीहरुको सँस्कार संस्कृति लोप हुँदै गएको र लोप हुने क्रममा किराँती जातिहरुको पुजारीको पनि लोप हुँदै गऐकोले किराँती संस्कारको पुजारीबाट गरिने सँस्कारमा समेत समस्या पर्न थालेको बताए । यसको लागी आफ्नो संस्कार सँस्कृतिहरुको जगेर्ना गर्न जरुरी रहेको उहाँले बताए । 

33041f11-e1d2-4a77-8281-4ba57da3ba2f

आ.व.७६/७७ सालको गाउपालिका र वडाको क्रमागत ७० लाखको बजेटबाट समितिले काम गर्दै आएपनि यस वर्ष गाउँपालिकाले कोटेसनमा निर्माण गरिएको उहाँले बताए ।

पार्कभित्र यलम्बरको प्रतिमा, खानेपानीको धारा, प्रतीक्षालय, फलैँचा, सामुदायिक भवनलगायतका संरचना निर्माण गरिएको छ । 

यस पार्कको निर्माणले किराँत समुदायको संस्कृति संरक्षण हुनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय शिक्षक नयन्द्र खिम्दुङ राईले बताए ।

“सुम्लिखामा बान्तवा राई जातिको सेउली लगाउने घर छ । हामीहरू साकेला नाचिसकेपछि त्यो घरमा सेउली मार्छौँ अर्थात् थन्क्याउँछौँ”, उनले भने, “यही ऐतिहासिकस्थलको विकास गर्न वडा तथा गाउँपालिकाको लगानीमा पार्क स्थापना गरिएको हो । यसले गाउँपालिकाको आन्तरिक पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”

7f1695b0-8596-471d-9837-6bade53af60b

वाप्लुखाका वडाध्यक्ष पारस राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नं.९ लिच्किराम्चेका वडाध्यक्ष इन्द्रबहादुर राई, नेकपा एमालेको गाउपालिका पार्टि अध्यक्ष बिकास राई , माओबादि पार्टीको गाउपालिका उपाध्यक्ष ईन्द्रहाङ किराँती, बुद्विजिबिहरु लगायत स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।