लागुऔषध सहित ५ जना पक्राउ

धराने मिडिया : मोरङ र पाँचथर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेलुका जिल्ला प्रहरी कार्यालय पाँचथरबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले फिदिम नगरपालिका-४ का २३ बर्षीय सरोज पदालुङ (लिम्बु) को साथबाट ५० मिलिग्राम ब्राउनसुगर र फिदिम-१ का २३ बर्षीय चुक्से भन्ने दिल बहादुर राईको साथबाट ८० मिलिग्राम ब्राउन सुगर, नगद ४३ हजार ६ सय रुपैँया सहित नियन्त्रणमा लिएको हो । 

त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का ३६ बर्षीय राम चन्द्र खड्का र २२ बर्षीय सुजन परियारलाई इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले स्पाइसरेष्ट र ट्रामानिल समेत गरी ३ सय ७० ट्याब्लेट निषेधित औषधी सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका-१ का ३१ बर्षीय सुमन तामाङलाई लुपिजेसिक, फेनारागन, डाईजेपाम र एभिल गरी जम्मा ३६ एम्पुल औषधी सहित पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।