पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु

धराने मिडिया : संखुवासभाको पाँचखपन नगरपालिका- ९ स्थित अधेरी खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय सुरेन कुमार राईको १३ बर्षीय छोरा सुजल राई रहेका छन् । बेलुका घर नजिकै रहेको अधेरी खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय वानाबाट प्रहरी टोली खटिगई मृतक लाशको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि चैनपुर अस्पताल पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।