धरानबाट भरुवा बन्दुक सहित १ जना पक्राउ

समाचारदाता (गोपाल पौडेल)

धराने मिडिया : सुनसरीको धरान उप-महानगरपालिका- १७ सिंहदेवी सामुदायिक वनबाट भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमवार राती १० बजे स्थानीय ४० बर्षीय दरेश राई सामुदायिक वन एरियामा भरुवा बन्दुक बोकेर हिडिरहेको भन्ने सूचनाका आधारमा अस्थाई प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले लोड भएको भरूवा बन्दुक १ थान, बारूद र छर्रा सहित राईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।