धरान- १५ का देवान सहित लागुऔषधमा ५ जना पक्राउ
स्रोद : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर
धराने मिडिया : झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमवार झापाको अर्जुनधारा नगरपालिका- ११ स्थितमा लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले सोही स्थान रहेको एक होटलमा कोठा लिई बसेका स्थानीय २९ बर्षीय मनिष प्रधान (श्रेष्ठ) र फिदिम नगरपालिका- १ पाँचथरकी २० बर्षीया खिङतानुङ तामाङलाई फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ५३० मिलिग्राम ब्राउनसुगर र नगद २२ हजार ४०० रुपैँया फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका- ६ का ३७ बर्षीय मनिष लिम्बुलाई २ ग्राम ९७ मिलिग्राम ब्राउनसुगर र डिजिटल तराजु १ थान सहित इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने सुन्दरहरैचा नगरपालिका- ६ का २६ बर्षीय कमल मगरलाई समेत ४ ग्राम ३० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित औषधी स्पास्पेन, ट्रमाडोल, डेकोलिङ र स्पास्मो गरी जम्मा ४२३ ट्याब्लेट सहित फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यस्तै सुनसरीको धरान उप-महानगरपालिका- १५ बाट २४ बर्षीय सुरज देवानलाई प्रतिबन्धित औषधी स्पास्मो र ट्रामानिल ५४ ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




















