बिष्फोटक पदार्थ सहित २ जना पक्राउ

स्रोद : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर

धराने मिडिया : संखुवासभाको चैनपुर नगरपालिका- ११ सभाखोलाबाट बिष्फोटक पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बिशेष सूचनाको आधारमा सोमवार दिउँसो साढे ११ बजे अस्थाई प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरी टोलीले को.१७ प ११८९ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकलमा सवार खाँदबारी नगरपालिका- ९ तुम्लिङटारका २७ बर्षीय बिकाश कुमालले पछाडी भिरेको झोला भित्रबाट बिष्फोटक पदार्थ डेटोनेटर- २ थान, निओजेल- २०० ग्राम, बारुद १०० ग्राम र धारिलो हतियार खुर्पा बरामद गरेसगै बिष्फोटक पदार्थ ओसार पसारमा संलग्न मोटरसाईकल चालक स्थानीय २७ बर्षीय बसन्त कुमाललाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । 

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भईरहेको छ ।