बोलेरो गाडी खोलाले बगाउदा १ बालक सहित २ जनाको मृत्यु

स्रोद : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर

धराने मिडिया : इलामको चुलाचुली गाउँपालिका- ५ चपेटी स्थितमा बोलेरो गाडीलाई खोलाले बगाउदा १ बालक सहित २ जनाको मृत्यु भएको छ । 

बेलुका ६ बजे दमकदेखि माङ्सेबुङतर्फ जाँदै गरेको लु. १ च ९४९१ नम्बरको बोलेरो गाडीलाई रतुवा खोला पार गर्ने क्रममा खोलामा आएको बाढीले गाडी बगाइ बेपत्ता भएको भन्ने खबर प्राप्त भएसगै खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा घटनास्थल देखि अन्दाजी २ किलोमिटर आसपासमा माङ्सेबुङ गाउँपालिका- ५ की ३१ बर्षीय सर्मिला वानेम र माङ्सेबुङ गाउँपालिका- ३ का निरु लिम्बुको ३ बर्षीय छोरा निहाङ लिम्बुलाई मृत अवस्थामा फेला पारेको थियो । 

घटनामा परी घाईते भएका २७ बर्षीय निरु लिम्बुको लाइफ लाइन अस्पतालमा उपचार भईरहेको छ । 

चालक माङ्सेबुङ गाउँपालिका- ५ का २२ बर्षीय नेत्रहाङ राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।