इटहरी जेसीजद्वारा ट्राफिक सचेतना मूलक कार्यक्रम

स्रोद : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर

धराने मिडिया : इटहरी जेसीजको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको सहकार्यमा इटहरी ६ स्थित श्री जनता माद्यामिक विद्यालयमा ट्राफिक सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा इटहरी जेसीजका पदाधिकारीहरु र शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुलाई  ट्राफिक नियम, सडक प्रयोग गर्ने तरिका लगायत बिबिध बिषयहरुमा प्रहरी सहायक निरिक्षक नारायण लुईटेलले प्रशिक्षण दिनु भएको थियो ।