स्कुलबाट घर फर्कने क्रममा खोलाले बगाउदा १ जना बालकको मृत्यु

स्रोद : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर

धराने मिडिया : संखुवासभाको भोटखोला गाउँपालिका- २ च्यामताङ घर भई हाल भोटखोला गाउँपालिका- ४ स्याक्सिलागोला बजारमामा बस्दै आएका नापाङ भोटेको ४ बर्षीय छोरा नामायाङ भोटेको स्कुलबाट घर फर्कने क्रममा खोलाले बगाउदा मृत्यु भएको छ । 

दिउँसो साढे ३ बजे श्री कृष्ण माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत भोटे छुट्टि भए पश्चात विद्यालय पछाडी रहेको वाङ खोलामा खेल्ने क्रममा निज बालकलाई खोलाले बगाएको भन्ने खबर प्राप्त भएसगै खटिएको प्रहरी टोलीले स्थानियको सहयोगमा उक्त बालकलाई खोलाको ढुङगाको चेपमा मृत अवस्थामा फेला पारेको हो । 

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।