धरान-१७ का युवक सहित लागुऔषधमा ६ जना पक्राउ

स्रोद : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर

धराने मिडिया : झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

झापाको दमक नगरपालिका ४ कि ४८ बर्षीया गायत्रा गौतमले लागु औषध संचित गरी विक्री वितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र लागु औषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा ९ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर र  ३ लाख ३६ हजार ४ सय रुपैया वरामद भए संगै लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।

यसै गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूहको टोलीले मोरङको बेलबारी २ स्थित बिश्वास उपचार क्लिनिकका संचालक भारत कलकत्ताका २५ बर्षीय नयन बिश्वासलाई व्राउन सुगरको कारोवार गर्दै गरेको अवस्थामा ५८० मिलिग्राम र स्थानिय २४ बर्षीय दाबुद मोहमदलाई १६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ  भने इलाका प्रहरी केराबारीबाट खटिएको प्रहरी टोलीले केराबारी ८  का १९ बर्षीय सनम लिम्बु र ३९ बर्षीय यज्ञ बहादुर श्रेष्ठलाई निषेधित औषधी स्पासरेट ४५१ ट्याब्लेट, ट्रमाडोल ४५० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ  । 

सोही दिन इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१७ का ३७ बर्षीय भुपाल न्यौपानेलाई ट्रामाडोल १२०० क्याप्सुल र  ब्राउन सुगर  १२ ग्राम सहित उनकै घरबाट  नियन्त्रणमा लिएको छ । 

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।