मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु

समाचारदाता (गोपाल पौडेल)

धराने मिडिया : सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ ।

कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमादनगरपालिका–७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो । 

फिक्कल गाउँपालिका वडा नम्बर-५ झगडेँबेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा दुई प्रहरी सवार ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।