आमाको हत्या आरोपमा छोरा पक्राउ

स्रोद : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर

धराने मिडिया : आफ्नै आमाको हत्या आरोपमा भोजपुर अरुण गाउँपालिका वडा नं. ४ ल्याङडाँडा चरम्बीका ३४ बर्षीय मिलन तामाङ पक्राउ परेका छन् । 

बेलुका पौने ६ बजे उनले आमा ६८ बर्षीया निर कुमारी तामाङलाई धारिलो हतियार सिक्कलले टाउकोमा प्रहार गरि हत्या गरेका थिए । 

घटनाको जानकारी पाऊन साथ अस्थाई प्रहरी पोष्ट चरम्बी र इलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट प्रहरी टोली खटि गई मिलन तामाङलाई पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको छ ।