पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

समाचारदाता (गोपाल पौडेल)

धराने मिडिया : सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

अरुण तेस्रो जलविद्युत आयोजनामा काम गर्ने कामदार र बर्दिया घोराभिट्टाका गंगाराम थारुकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभका सुचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

राति सुतेका वेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।