पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा २ करोड २२ लाख सङ्कलन

समाचारदाता (गोपाल पौडेल)

धराने मिडिया : चतराधाममा गत चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म ३२ दिन आयोजना भएको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको आय व्यय सार्वजनिक गरिएको छ ।

महाकुम्भ मेला मूल आयोजक कमिटीले मंगलबार बराहक्षेत्रमा आयव्यय खर्च सार्वजनिक गरेको हो ।

समितिले भक्तजनहरूबाट, रसिदबाट, बजार, यातायात, सहयोग लगायतबाट २ करोड २२ लाख ७० हजार ५ सय ६ रुपैयाँ ४२ पैसा सङ्कलन गरेको थियो । जसमा १ करोड ४३ लाख ६४ हजार ६ सय ५३ रुपैयाँ ६ पैसा खर्च भएको छ ।

कोषाध्यक्ष  सीता भण्डारीका अनुसार कुम्भ मेलाको आयोजनाबाट ७९ लाख ५ हजार ८५ सय २ रुपैयाँ ८२ पैसा बचत भएको छ ।

उक्त कार्यक्रममा जगदगुरु तथा कुम्भ मेलाका परिकल्पनाकार वालसन्त मोहन शरण देवाआचर्य, प्रदेश सरकारका मुख्य सचिव केदारनाथ शर्मा, प्रदेश मन्त्रालयका सचिव, कोशी प्रदेश सरकारकी पूर्व राज्यमन्त्री इन्दिरा थापा, कोशी प्रदेश सभाका सदस्य ममता तामाङ, विजय राई, रोहित कार्की, रमेश बस्नेत, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकृत रामचन्द्र तिवारी, बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका महासचिव ओमकुमार शर्मा लगायतको उपस्थिति रहेको थियो ।