धरान-९ पुतली लाईनमा आजबाट "वन वे" प्रणाली लागु

समाचारदाता (गोपाल पौडेल)

धराने मिडिया : आज असार २ गते देखि धरान-९ स्थित पुतली लाईन्मा "वन वे" प्रणाली लागु भएको छ ।

आज बिहानै सुनसरी ट्राफिक कार्यलय प्रमुख सुवाश केसी, धरान उपमहनगरपालिकाका मेयर हर्क राज राई, धरान वडा न.९ का वडा अध्यक्ष रुपेश आचार्यको उपस्थितिमा धरान-९ स्थित पुतली लाईनमा एक कार्यक्रममा "वन वे" प्रणली लागु हुने घोषणा गरिएको थियो ।

उक्त कार्यक्रममा सुनसरी ट्राफिक कार्यलय प्रमुख सुवाश केसीले भने "यो वन वे प्रणाली अहिले हामी परिक्षण चरणमा छौ", सात दिन परिक्षण गरेर मात्रै स्थायी रुपमा लैजाने उन भने  ।

fc8d88fb-89fc-4594-89b4-7e7003b1e6b5

"वन वे" प्रणालीको ढाँचा यस प्रकार छ :

- धरान-२ को भानुचोकबाट धरान-९ पुतलीलाईनको IME सम्म जानेबाटो एकतर्फी । (One Way)

- धरान-९ पुतलीलाईनको IME देखि सिधै धरान-२ को भानुचोक जान नपाईने ।

- धरान-९ पुतलीलाईनको IME देखि दक्षिण आचार्य लाईल तर्फ जान पनि पाईने र आउन पनि पाईने, भानु चोक जानु परे यहि बाटो छोटो पनि रहेको छ ।

- धरान-९ पुतलीलाईनको IME देखि उतर गौतम पथ देखि कलेज रोड तर्फ जाने पाईने तर आउन नपाईने । (One Way )

b52ecc08-2337-470a-b63e-da110551f4ea