बकर इद आज देशभरका मस्जिदमा मनाइँदै

समाचारदाता (गोपाल पौडेल)

धराने मिडिया : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ ।

इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।

मुस्लिम धर्मावलम्बीले आज बिहान सबैरै उठेर नुहाइधुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोका बाँधिएर एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।

मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रीय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैंले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई भेडा मरेपछि सोही घटनाको सम्झनास्वरूप यो पर्व मनाउन थालिएको हो ।