प्रहरी नायव महानिरीक्षकद्वारा नेपाल प्रहरी स्कुल धरानको निरीक्षण

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर

धराने मिडिया : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण गरेका छन । 

निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यलय भवन, कक्षा कोठाहरु लगायत बिद्यार्थी मेस तथा चमेनाको निरीक्षणका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका थिए ।

70f723f5-7ef1-4bae-9422-7b377878e138

a711ba9b-57f7-42d7-88f1-cd579a2cd2a7

निरीक्षण भ्रमण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले बिद्यालयका प्रिन्सिपल र अन्य शिक्षक शिक्षिकाहरुसंग छलफल तथा अन्तरक्रियाको क्रममा सौहार्दपुर्ण वातावरणमा अध्यापन गराउन र विधार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि अनुरोध गरेका थिए ।

वहाँले अध्यनरत बिद्यार्थीहरुलाई शिक्षकहरुद्वारा सिकाईएका शिक्षा र ज्ञान अक्षरस हाँसिल गर्नको निम्ति उत्प्रेरणा समेत प्रदान गरेका थिए । साथै वहाँले स्कुलको विविध पक्षको स्तरोन्नतिको लागि कोशी प्रहरी प्रहरी कार्यालय सदैव प्रतिबद्ध रहने बताए ।

निरीक्षण भ्रमणको क्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

8ed085b7-7228-4ee0-9a2c-2a6decbc3a99d635a4f8-d35b-4bd1-9c6f-8e0603802019