सेफ्टी ट्याङकीमा डुबेर बालकको मृत्यु

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर

धराने मिडिया : मोरङको बिराटनगर महानगरपालिका-५ का अनिल पासवानको अढाई बर्षिय छोरा नितेश पासवानको सेफ्टी ट्याङकीमा डुबेर मृत्यु भएको छ । 

अपरान्ह साढे ४ बजे नितेश पासवान खेल्दै जाने क्रममा निर्माणाधिन अवस्थामा रहेको शौचालयको सेफ्टी ट्याङकीमा डुबेको अवस्थामा बालकको आमाले फेला पारी उपचारार्थ कोशी अस्पातल बिराटनगर पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट अनुसन्धान भई रहेको छ ।