धरानको बिष्णु चौक बिधुतीय सामग्री जल्यो, कुन-कुन स्थानमा पानी वितरनमा समस्या ?

श्रोत : धरान खानेपानी व्यवस्थापन बोर्ड, धरान उप-महानगरपालिका

धराने मिडिया : धरानको बिष्णु चौकको मुख्य पावर सप्लाइमा बिधुतीय सामग्री जलेको छ जस्का कारण  पानी वितरनमा समस्या आएको छ।

मिती २०८१/०३/०६ गते दिनको १२:३० बजेको समयमा एक्कासी बिष्णु चौक rvt को मुख्य पावर सप्लाइमा ठुलो आवाज सहित बिधुतीय सामग्री जल्न पुगेको हो। 

सोहि मर्मत सम्भार गर्न केहि दिन लाग्ने भएको हुँदा, बानडाडा, संघर्ष चौक, कोरियन बस्ति, सिर्जना चौक, मोति मार्ग, मंगलबारे उतर पश्चिम, बिरेन्द्र मार्ग र समाबेशी लाइन आदि स्थानमा पानी वितरनमा समस्या हुने भएको छ।