बजाज पल्सर एन १५० अब धरान बजारमा

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : बजाज मोटरसाइकलको लागि धरानको एक मात्र जाधिकारिक विकता अर्विन एण्ड ब्रदर्श अटोले बजाज एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ। पी मोटरसाइकन भारतमा एक वर्ष अधि लम्ब भइसकेको थियो ।

यो स्पोटी मोटरसाइकल दैनिक प्रयोग र पावर पर्फर्मेन्स दुवैका लागि उपयुक्त रहेको र यसले युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीले जनाए‌को छ। यस अघि नै बजाजले एन सिरिजमा एन २५० र १६० बजारमा लन्च गरिसकेको छ।

अर्विन एण्ड ब्रदर्श बटो ग्रुपका डिरेक्टरले सन्वबारे बोल्दै भन्नुभयो, "नेपालमा अन्य भएदेखि नै पल्सरने मोटरसाइकल क्षेत्रमा नयाँ मापदण्ड सेट गर्दै आइएको छ। ७० भन्दा बढी देशहरुमा पल्सर विश्वव्यापी रुपमै सर्वाधिक रुचाइएको बान्ड बन्न सफल भएको छ। फेरि पनि यही सिलसिलालाई कायम राख्दै हामीले एन १५० लन्च गरेर नेपालका बजाज प्रेमीलाई अर्को उपहार ल्याएका छौं।"

एन १५० मा रहेको आकर्षक फिचर भनको ब्लुटुद्ध कनेक्टिभिटी सहितको कल तथा एसएमएस अलर्ट हो । साथमा युएसबी चार्जिङ पोर्ट पनि यो मोटरसाइकलमा उपलब्ध छ। त्यसैगरि यसको फ्युल इन्जेक्सन सिस्टम र बिएस ६ ले यो बाइकलाई झनै इफिसियन्ट बनाउने कम्पनीले जनाएको छ ।

c502d8fd-3594-4134-b79b-50d04a0050e5

पल्सर एन १५० एरोडायनामिक थ्रीडी फ्रन्ट सहितको स्लीक डिजाइनको उपलब्ध हुनेछ। यसको मस्कुलर डायनामिक ट्याङ्गी, पातलो बेस्ट भाग र सिङ्गल फ्याट सिटले यसको लुकलाई आकर्षक बनाएको छ । शक्तिशाली र स्मूथ १४९.६८ सीसी इन्जिनले सुसज्जित पल्सर एन १५० ले १४.५ पीएस पावर र १३.५ एनएम टर्क उत्पन्न गर्छ भने यसले ४८ किमीको प्रभावशाली माइलेज पनि दिने कम्पनीले जनाएको छ ।

सुरक्षित राइडलाई लक्षित गर्दै पल्सर एन १५० मा एलइडी प्रोजेक्टर टेलल्याम्प र १७ इन्चको ट्युवलेस अलोय ह्वील पनि राखिएको छ । सुरक्षालाई झनै बलियो बनाउन यसमा सिङ्गल च्यानल एविएस पनि समावेश गरिएको छ ।

बजाज एन १५० मा डिजिटल स्पीडोमिटर ट्याकोमिटर, ट्रिप मिटर र ओडोमिटर सहित धेरै याडभान्सद फिचरहरू छन् । यसमा युएसबी चार्जिङ सहित घडी र डिस्ट्यान्स्स-टु-एम्प्टी इन्डीकेटकर पनि उपलब्ध छ । साथै यस बाइकमा क्याट नोटीफिकेसन र हाइड कनेक्ट एप पनि उपलब्ध हुन्छ। त्यसैगरि बाइकमा सिंगल ट्युव्युलर ह्यान्डल र प्यासेन्जर फुटरेस्टको सुविधा पनि रहेको छ ।

मात्र १४५ केजीको कर्ब वेट भएको पल्सर एन १५० चलाउन निकै आरामदायी हुनेछ। यसमा रहेको १४ लिटरको फिउल ट्याङ्गीले बारम्बार पेट्रोल भर्नुपर्ने समस्याबाट पनि छुटकारा दिनेछ । बाइकको ब्रेकिङ सिस्टममा २६० एमएम फ्रन्ट डिस्क ब्रेक र १३० एमएम रियर ड्रम ब्रेक समावेश रहेको छ ।

नेपाली बजारमा पल्सर एन १५० को मुल्य रु. ३,५९,९०० रहेको छ ।

यो मोटरसाइकल फाइनान्स र एक्सचेन्ज सुविधामा समेत अर्विन एण्ड ब्रदर्श अटोमा उपलब्ध छ ।