भरुवा बन्दुक सहित खोटाङका राई प्रहरीको नियन्त्रणमा

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर

धराने मिडिया : खोटाङको रावावेशी गाउँपालिका-६ का ४५ बर्षिय दिल बहादुर राईलाई १ थान भरुवा बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएको छ । 

गोप्य सुचनाको आधारमा प्रहरी चौकी जाल्पाबाट दिउँसो खटिएको प्रहरी टोलीले राईले गोठमा लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक थान १ र बन्दुकमा प्रयोग हुने छर्रा सहित उनलाई नियन्त्रणमा लिएको हो ।

अवैध भरुवा बन्दुक सहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।