"जय धरान ईभिनिङ वाक" को १२०० हाईकिङ सम्पन्न

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : धरानको सक्रिय समूह "जय धरान ईभिनिङ वाक" ले आफ्नो १२०० हाईक ( ईभिनिङ वाक ) सम्पन्न गरेको छ ।

आन्तरिक पर्यटन प्रबर्द्धन र विकासका निम्ती हरेक दिन धरानका विभिन्न ठाउँहरुमा पैदल यात्रा गर्दै प्रकृतिसग रमाउदै हिड्ने गरेका छन् ।

50eaa49e-98d7-42da-bca1-430ed4446333

"पैदल यात्रा गरौं स्वास्थ भनौं" भन्ने मुल नाराका साथ यो समुह हरेक दिन निश्चित ठाउँमा भेला भै आफ्नो यात्रा सुरु गर्द छन ।

आज विशेष १२०० हाईकिङको दिन अध्यक्ष नौलो रोसनले सम्पुर्ण सहभागीलाई धन्यवाद तथा शुभकामना पनि प्रधान गरेका थिए । उनले भने, " हामी निशुल्क मानिसलाई स्वास्थ बनाउने काम गर्छौ।"

यस सस्थामा अहिले सम्म कुनै पनि बाहिरी सहयोग नआएको उनले बताए । 

54aeb93c-0794-46b9-985d-098d9c6c8422

लामो समय देखि दैनिक पैदल यात्रा गर्दै आएका पृतम राई भन्छन, "हामी धरानेहरु भाग्यमानी छौँ, धरान बजार देखि यति छोटो दुरिमा नै यति धेरै सुन्दर ठाउँहरु छन्।"

दैनिक साझ ५ बजे देखि ७ बजे सम्म हुने यस पदयात्रा आज २६ जनाको सहभागी रहेको थियो । यस्तै हरेक दिन औसत १५-२० जाने हुने गरेका छन ।

988eb4ab-0db3-4e61-9f16-e8c723b4e1df

आजको रुट ( काठेपुल , खैरेनीटार ,देबिगाउँ, कुलुङ्ग चौक ,कुलुङ्ग डांढा ,लभ डांढा,माछामारा तल्लो निशान डांढा , लेदुवा खोला ,देबिगाउ सीर , हुँदै काठेपुल धरान १५ मा समापन )

7b3150bd-11ba-490f-910b-9a23217272fd

20fb6bb8-4a64-48ed-a31f-aa2728d7207a