पेस्तोल र भरुवा बन्दुक सहित २ जना पक्राउ

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर

धराने मिडिया : उदयपुर र ताप्लेजुङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट पेस्तोल र भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उदयपुरको त्रियुगा नगरपालिका-३ का २० बर्षीय जुलेस रायमाझी र ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका-४ का ४३ बर्षीय नरेश फुयाङ लिम्बु रहेका छन ।

दिउँसो १ बजे उदयपुरको त्रियुगा नगरपालिका-१२ स्थित साथीको घरमा आएका रायमाझीले साथमा पेस्तोल बोकेका छन भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले रायमाझीको शरिर खानतलासी गर्दा साथमा लुकाई छिपाई बोकेको खाली म्याग्जिन सहितको पेस्तोल १ थान फेला परेकोले उनलाई पेस्तोल सहित पक्राउ गरिएको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले गाऊँघरमा लुकीछिपी बसेको अवस्थामा लिम्बुलाई भरुवा बन्दुक १ थान र बन्दुकमा प्रयोग गर्ने बारुद सहित पक्राउ गरेको हो । 

पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।