धरानमा चट्याङ लागेको अनुमान, रोड तथा सि.सि क्यामेरा क्षति

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : असार ११ गते धरान-१५ स्थित दशरथ पथ (चिल्ड्रेन स्कुल अगाडी) चट्याङ लागेको भन्ने स्थानीयले अनुमान गरेका छन ।

उक्त घटनामा दशरथ पथ टोल विकास संस्थाको स्ट्रिट सि.सि क्यामेरा ५ वटा तथा मनिटर क्षति भएको छ । 

afdf0c29-4b08-4ac7-92c4-b2cbf6fdeeaa

विहान वडा १५ का वडा सदस्य वादल भट्टराई र वडा समिति अगाडिका प्रहरी विटका सुरक्षा साथै दशरथ पथ TLO का प्रतिनिधिहरुद्वारा उक्त क्षतिको निरिक्षण गरिएको थियो ।

सोही घटनाको स्थानीयमा निकै चर्चा पनि भएको थियो । वास्तविकता हेर्न र बुझन त्यहाँ निकै मानिस पनि भेला भएका  थिए ।

e3c68449-48df-4330-b916-b439fc72da3f

गत राती गर्जन सहित आएको वर्षाका कारण चट्याङ लागेको भन्न स्थानीयको भनाइ छ ।

उक्त स्थानमा चट्याङ लागेको हो र होइन भन्नेको सङ्ख्या पनि राम्रै थियो । कोहिले ठुला गाडिका कारण भासिएको भने त कोहिले झरीको पानीले भासिएको भने ।

67edc0e8-af48-4744-99af-3bb056d5745a

टोल विकास संस्थाको सि.सि क्यामेरा क्षेती भएको कारण साच्चै चट्याङ लागेको हो या होइन भन्ने पुष्टि भने हुन सकेको छैन ।

स्थानीयका अनुसार राती ठूलो आवाज आएको कारण चट्याङ नै हो भन्ने उहाँहरु भनाइ छ ।

f5a74f46-4b7c-47f9-b89d-1e6ce366f942