धरान वंशीलामा कांग्रेसद्धारा लाली गुरांसको विरुवा रोप्ने कार्य सम्पन्न

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : सुनसरीको धरान उपमहानगरपालिका वडा नं. २० को विष्णुपादुकास्ति वंशीलामा रहेको विष्णुपाउ सामुदायिक वन तथा हिमालय ध्यान केन्द्र क्षेत्रमा सयौंको संख्यामा लाली गुरांसको विरुवा रोपिएको छ ।

नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीले उक्त क्षेत्रमा ६ सय २६ वटा रातो फुल्ने प्रजातिका लाली गुरांसको विरुवा रोपेको हो । कांग्रेसले विरुवा रोप्ने र संरक्षणका लागि विरुवा बार्ने कार्यलाई एकैसाथ सम्पन्न गरेको छ भने बंशीला डांडामा राष्ट्रिय झण्डा समेत राखेको छ ।

1d9f567a-9c51-4125-9543-5c84d9d353e6

पाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य माननीय डा. शेखर कोइरालाले लाली गुरांसको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए । प्रमुख अतिथि डा. कोइरालाले विरुवा रोप्नु अघि संक्षिप्त संवोधन गर्दै विगतमा तेह«थुमको तिनजुरे पैदल हिडेर जांदाको समयमा भन्दा पछिल्लो समय गुरांस लोप हुंदै गएको अवस्था देखिएकाले चिन्ता व्यक्त गर्नुहुंदै लाली गुरांसको संरक्षण गर्न आवश्यक रहेको बताएका थिए । 

58bbe9d4-116c-40e5-9d8c-fca2011edbc0

लाली गुरांसको विरुवा रोप्ने अभियानका संयोजक तथा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले वंशीला क्षेत्र समुद्री सतहदेखि १४००–१६०० मिटर उचाईमा रहेकाृे र लाली गुरांसको लागि उपयुक्त वातावरण र हावापानी भएकाले लाली गुरांस रोपेर धरानलाई नयां पहिचान दिन र पर्यटनको एक आकर्षक गन्तव्य बनाउंदै यसको माध्यामवाट स्थानीयवासीको आर्थिक जीवनस्तर माथि उकास्ने तथा विद्यमान कष्टपुर्ण जीवनशैलीमा परिवर्तन ल्याउने उद्देश्यले लाली गुरांसको विरुवा रोप्ने कार्यक्रम गरिएको बताए ।

caf02698-3720-47a7-b837-7c7f54e60586

उनले आफुहरुले कुनै राजनीति गरेको नभई समाज सेवाका भावनाले विशुद्ध समाजमुखि तथा जनतामुखि सामाजिक कार्य गरेको र रोपिएको विरुवाको रेखदेख, गोडमेल, मलजल संरक्षण गर्ने महत्वपूर्ण भूमिका तथा अभिभारा स्थानीयको समेत रहने बताउंदै लाली गुरांस हुर्काउने बढाउने कार्यमा ध्यान दिन आग्रह गरे ।

सभापति तामाङले स्थानीयवासीहरुलाई संवोधन गर्दै लाली गुरांसको स्याहार, समृद्धिको आधार भन्ने नाराका साथ गुरांस रोपिएको जनाउंदै यता लाली गुरांस फुल्यो उता तपाईहरुको समृद्धिको ढोका खुल्यो भन्दै स्थानीयवासीहरुमा उत्साह जगाएका थिए ।

08fd0b53-94cb-4a6d-bd5f-9fe22c8f8649

कार्यक्रममा जनप्रतिनिधि वडा सदस्य देवेन्द्र राई र विष्णुपाउ सामुदायिक वनका अध्यक्ष सानु तामाङले स्थानीयवासीहरुको तर्फवाट विचार राखेका थिए । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, प्रदेश महामन्त्री उमेश थापा, जिल्ला सभापति तथा इनरुवा नगर प्रमुख केदार भण्डारी, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, पूर्व सांसद ज्योति सुब्बा, जिल्ला सहसचिव गणेश सुब्बा, मोरङ क्षेत्र नं. ६ का सभापति देवराज तामाङ, पूर्व नगर सभापति किशोर राई, महाधिवेशन प्रतिनिधि चित्रकुमारी राई, पूर्व उपमेयर जमुना पोख्रेल, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य दोर्ची शेर्पा, नेपाल महिला संघका केन्द्रीय सदस्य उर्मिला प्रधान, जिल्ला सभापति विजया कटवाल, बराहक्षेत्र नगर उपसभापति युवराज श्रेष्ठ, धरान नगर सचिव हिमाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

d6993f93-cc8e-4802-83a4-35d2de0e8f17942c4acb-a053-464f-9ad6-7382a4ef3436