माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

बिहीबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेपछि परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो ।

नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो।

गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।