चट्याङ लागेर ३ जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ ।

बिहान झापाको कमल गाउँपालिका-२ का ४६ बर्षीय राजन खड्का काम गर्न खेत तर्फ जाने क्रममा अचानक परेको चट्याङले लागेर घाईते भएकोमा उपचारको लागी आम्दा अस्पताल दमक पुर्‍याउना साथ उनको मृत्यु भएको हो ।

यसै गरी गौरादह-८ का ४२ बर्षीय बिकास गिरीलाई खेतमा काम गरीरहेको अवस्थामा चट्याङले लागी घटनास्थलमै मृत्यु भएको हो । 

सोही दिन बिहान सुनसरीको रामधुनी नगरपालिका-४ का ३० बर्षिय उमेश कुमार चौधरीलाई समेत खेतमा काम गरीरहेको अवस्थामा चट्याङ लागेर घाईते भएकोमा उनको बिराट टिचिङ हस्पिटल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर