धरानमा एकै साथ छोटो दुई चलचित्र प्रदर्शन

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : धरान-१८ स्थित वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभागारमा असार १५ गते एकै साथ छोटो दुई चलचित्र प्रदर्शन गरिएको छ।

शनिबार चलचित्र ‘कुमाक्ला फाक’ र 'द रेड मुन' प्रदर्शन गरिएको हो।

लिम्बु समुदायको संस्कृतिमा आधारित कुमाक्ला फाकको निर्माण नवीन पराजुली र सुरेश लाबुहाङले गरेका हुन भने निर्देशन नविन मेन्याङबोले गरेका हुन।

याक्थुङ चलचित्र कर्मी संघका केन्द्रिय अध्यक्ष निर्देशक नविन मेन्याङबोले कार्यक्रममा शुभकामना मन्तव्य दिदै चलचित्रले लिम्बू समुदायमा सुगुर पालेर घर व्यवहार चलाउने प्रचलन बारे कथा प्रस्तुत भएको बताए। 

चलचित्रमा प्रेम सुब्बा, उदय सुब्बा कुरुङम्बाङ, नुमा लिम्बू, प्रकाश लिम्बू, नवीन पराजुली, दिलु सुब्बा, राधा फोम्बो, अंकित लिम्बू, सानु राजा थेगिम लगायतका  कलाकारले अभिनय गरेका छन्।

7a1620f9-76bc-4d84-aa69-04548123e285

उक्त चलचित्रको ट्रेलर भने सिल्वर एनटरटेनमेट युटुब च्यानलमा केहि दिन अगाडि आएको थियो। 

कार्यक्रममा आफ्नो छोटो मन्तव्य दिदै वरिष्ट कलाकार प्रेम सुब्बाले सम्पुर्ण उपस्थित दर्शकहरुलाई यति धेरै माया गरिदिनु भएकोमा धन्यवाद व्यक्त गरेका थिए। 

त्यस्तै सोहि दिन प्रदर्शन भएको अर्को चलचित्र "द रेड मुन"  माओवादी जनयुद्धको समयकालमा समाजमा परेको असर बारे कथा प्रस्तु गरेको छ।

चलचित्र विभिन्न अन्तर्राष्ट्रिय फिल फेस्टिबल सहभागी भई अवाड सम्म हात पर्न सफल भएको थियो। 

यस चलचित्रको निर्माण नविन मेन्याङबोले गरेका हुन भने निर्देशन रविन श्रेष्ठले गरेका हुन । 

चलचित्रमा प्रेम सुब्बा, तुलशा थापा, बिजय सुब्बा, सन्तविर राई, विशाल श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

29f7086f-c661-46fa-b3b8-29f0ff7c6137

कार्यक्रमको सञ्चालन सुनसरी चलचित्र पत्रकार संघका अध्यक्ष विनोध विश्वकर्माले गरेका थिए भने प्रोजेक्टर सञ्चालन एडम लिम्बुले गरेका थिए।  त्यस्तै आवाज र प्रकाश व्यवस्थापन सानु राजा थेगिमको रहेको थियो।