धरानमा मध्यराती गाईको बाछी चोरी काटियो, दुई जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : धरान उपमहानगरपालिका वडा न. ६ स्थित पानबारीमा मध्यराती गाईको बाछी चोरी गरि काट्दै गरिएको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान-१७ कि सपना लिम्बु र धरान-१३ का राजकुमार विक रहेका छन।  उनीहरुलाई प्रहरीले मासु सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी मानबहादुर राईले बताए।

गोठमा बाधिराखेकोकोरली बाछी चोरी गरेर आइतबार राती काटिएको हो। चोरी भएको बाछी धरान–६ पानबारीकी सीता पौडेलको गोठमा बाधिराखेको थियो। 

खाना खान गरेको बेला गोठबाट बाछी चोरी भएको उनने बताईन। चोरी भएको बाछी घरबाट १०-१५ मिनेटको दुरिको जङ्गलमा काटिएको फेला परेको थियो। 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी मानबहादुर राईले घटनाबारे अनुसन्धान भइरहेको बताए छन।