धरान-८ बाट ठुलो परिमाणको नियन्त्रित औषधी सहित २ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : सुनसरीको धरान उप-महानगरपालिका-८ बाट ठुलो परिमाणको नियन्त्रित औषधी सहित २ जना साथै मोरङ र झापा जिल्लाबाट २  जना ब्राउनसुगर सहित पक्राउ परेका छन ।

साँझ सुनसरीको धरान-८ स्थित अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी टोलीले को. १ ख ४७४७ नम्बरको बस भित्र लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रित औषधी ट्रामानिल ९ हजार ९०० क्याप्सुल सहित बस चालक ईटहरी-८ का २४ बर्षीय कृष्ण बहादुर बिश्वाकर्मा र सह-चालक ईटहरी-१७ का २५ बर्षीय दिनेश निरौलालाई नियन्त्रणमा लिएको हो ।

अस्थायी प्रहरी पोष्ट माइधारबाट खटिएको प्रहरी टोलीले झापाको दमक-१ घर भई शिवसताक्षी नगरपालिका-१० मा बस्दै आएका २६ बर्षीय प्रदिप तामाङको घर कोठा खानतलासी गर्दा २ ग्राम ८७ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । 

त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१७ बाट धरान-१५ का ३८ बर्षीय नबिन भण्डारीलाई नियन्त्रित औषधी इस्कुफ १५ बोतल र नाईट्रोसन १० चक्की  सहित नियन्त्रणमा लिएको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान कार्य भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर