चेकजाँचको क्रममा धरानबाट लागुऔषध सहित पक्राउ

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

अपरान्ह झापाको भद्रपुर नगरपालिका-५ स्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले  चेकजाँचको क्रममा भद्रपुर-८ का ३६ बर्षीय सन्तोष राजवंशी र २६ बर्षीय अमर बरैयलाई ब्राउनसुगर ५ ग्राम १७ मिलिग्राम सहित पक्राउ गरेको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको धरान-८ का ३६ बर्षीय सुनिल श्रेष्ठ र २३ बर्षीय दिपक विश्वकर्मालाई १ ग्राम ब्राउनसुगर सहित र नरसिंह गाउँपालिका-६ का २४ बर्षीय नाजम अन्सारी र बुढीगंगा मोरङका ३० बर्षीय अजय कुमार देवलाई नियन्त्रित औषधी स्पास्मो २५४ टयाब्लेट, नगद ३९ हजार र प्र.१-०२-०४९ प ११३ नम्बरको मोटरसाईकल सहित र धरान-१५ का २७ बर्षीय कबिर तामाङलाई ट्रामाडोल ९०, स्पास्मो ९० टयाब्लेट, गाँजा १०० ग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान कार्य भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर