धरानमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : २०८१ असार १९ गते जिल्ला सुनसरी धरान उप-महानगरपालिका ७ सिद्वि नेवा पार्टी प्यालेसको प्राङ्गणमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। 

जिल्ला प्रहरी कार्यलय सुनसरीको आयोजना तथा ईलाका प्रहरी कार्यलय धरानको सहकार्यमा जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीको अध्यक्षता कार्यक्रम सुरु भएको थियो। 

दिउसोको १ बजे भनिएको उक्त कार्यक्रम सहभागीको उपस्थिति न्यून भए पछि १ घण्टा ढिलो सुरु गरिएको थियो। 

84f6451c-e015-42b9-b3ce-9a9e3d2fa317

कार्यक्रममा स्वागत मन्तव्य ईलाका प्रहरी कार्यलय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक मन बहादुर राईले दिएका थिए। 

कार्यक्रमको बिचमा सहभागिले आफुले भोक्दै आएका विभिन्न समस्या बारे प्रश्न राखेका थिए। विभिन्न आएका प्रश्न मध्य धरानमा आगु औषध प्रयोगकर्ता र बचे बबखन मुख्य विषय रहेको थियो।

यसैगरि धरानको खानेपानीको मुख्य स्रोद सर्दु जलदार, सुरक्षामा प्रहरी अपुग, धरान-१३ मा भत्काएको ग्याविङ, महिला हिसाँ  इत्यादी प्रसङ्ग उठेको थियो। 

कार्यक्रमा सहभागिहरु मध्य धरान-१३ का स्थानियले धरानका मेयरको आदेशमा भत्काएको ग्याविङ बारे चित्तबुज्दो जवाफ नआएपछि चर्काचर्की पनि गरेका थिए। उनिहरुले "के मेयर कानुन भन्दा ठुलो हो" भन्दै आफ्नो गुनासो व्यक्त गरेका थिए।

e714c276-5a1f-4622-a68d-4c00e62fe458

कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, धरान उप-महानगरपालिकाको नगर प्रमुख मेयर हर्कराज राई, उप-प्रमुख अइन्द्र बिक्रम बेघा, जिल्ला सुरक्षा समितिका सदस्यहरु, जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालय संघ-संस्थाका प्रतिनिधिहरु, पत्रकार, बुद्विजिबी इत्यादीको उपस्थितिमा रहेको थियो।